images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व...

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग श्रममन्त्रीको माग

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग श्रममन्त्रीको माग

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।

    images
    images

    श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए।

    भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताए।

    images
    images

    निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend