images

२०८३ आश्विन २० गते

images
images
images

व्यवसायी रामेश्वर थापा पौने दुई अर्ब लगानीमा सिमरामा पाँचतारे होटेल बनाउँदै

व्यवसायी रामेश्वर थापा पौने दुई अर्ब लगानीमा सिमरामा पाँचतारे होटेल बनाउँदै

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । व्यवसायी रामेश्वर थापाले बाराको सिमरामा पौने दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटेल सञ्चालनमा ल्याउने भएका छन् । उनले एक अर्ब ८८ करोड ६० लाख रुपैयाँ लगानीमा अन्नपूर्ण भिस्टा रिट्रिट पाँचतारे होटेल निर्माण गरिरहेका छन् ।उक्त होटेलमा एक अर्ब ५० करोड ९० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ३७ करोड ७० लाख रकम संस्थापकको स्वपुँजी लगानी गरिनेछ । कुल लागतमध्ये ८० प्रतिशत बैंकको ऋण हुनेछ । २० प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

    images
    images

    होटेल सन् २०२७ को जुलाई वा २०२८ को सुरुआतमा सञ्चालनमा ल्याउने तयारी रहेको विकासकर्ता कम्पनी अन्नपूर्ण भिस्टाले जनाएको छ ।निर्माणाधीन होटेलमा ११७ कोठा हुनेछन् । काम सुरु गरेको तीन वर्षभित्र होटेल सञ्चालनमा ल्याउने अन्नपूर्णको योजना छ । होटेल परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेको कम्पनीले जनाएको छ ।होटेलमा फुड एन्ड वेभरेज, स्वीमिङ पुल, कन्फरेन्स एन्ड ब्यांक्वेट हल, स्पा र क्यासिनोलगायत सम्पूर्ण पाँचतारे सुविधा हुने अन्नपूर्णले जनाएको छ । होटेल पूर्वाधार ६ हजार वर्गमिटरमा फैलनेछ ।

    होटेल सिमरा विमानस्थलबाट तीन किलोमिटर दूरीमा रहनेछ । त्यो नेपाल–भारत सीमा रक्सौलबाट २० किलोमिटर दूरीमा बनाइनेछ । निर्माणधीन होटेल विशेष गरी भारतीय पर्यटकलक्षित छ । त्यसले व्यापार र सीमापार वाणिज्यका निम्ति महत्त्वपूर्ण विन्दुका रूपमा काम गर्छ ।प्रकृति र वन्यजन्तुमा रुचि राख्ने आगन्तुकका निम्ति लोकप्रिय गन्तव्य पर्सा राष्ट्रिय निकुञ्जको नजिक भएका कारण बारामा पर्यटकको उच्च आवतजावत हुने गरेको छ ।अन्नपूर्ण भिस्टा गएको सेप्टेम्बरमा स्थापना गरिएको हो । यसमा थापाका साथै व्यवसायी राजेन्द्र केसी र दीपक पाण्डेको लगानी छ । थापा सिम्रिक एयर, अन्नपूर्ण मिडिया नेटवर्क, अन्नपूर्ण रेडियो र एपी वान टेलिभिजनका अध्यक्ष हुन् ।

    images
    images

    अर्का सञ्चालक केसी पनि होटेल व्यवसायी हुन् । उनले ६ महिनाअघि राजधानीको बूढानीलकण्ठमा पाँचतारे होटेल लेमन ट्री प्रिमियर सञ्चालनमा ल्याएका छन् । उनी लेमन ट्रीका अध्यक्ष हुन् । केसी साउथ वेस्र्टन स्टेट कलेज र बूढानीलकण्ठ भ्यु टावरका पनि अध्यक्ष छन् ।अर्का सञ्चालक पाण्डे प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक र गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष हुन् ।अन्नपूर्णले एक अर्ब ५४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।विभिन्न क्षेत्रमा फैलिएका संगठित र असंगठित ‘खेलाडी’को ठूलो संख्याको उपस्थितिले नेपालको होटेल उद्योगमा तीव्र प्रतिस्पर्धा छ । होटेल उद्योगमा व्यवसायस्तर र राजस्व घरेलु र विश्वव्यापी बजार दुवैमा समष्टिगत आर्थिक प्रवृत्तिका निम्ति संवेदनशील छ ।

    होटेल परियोजनाको निर्माण अवधि लामो हुन्छ । प्रिमियम होटेल निर्माण गर्न तीनदेखि चार वर्ष लाग्छ । सञ्चालन स्थिरीकरण गर्न थप दुईदेखि तीन वर्ष लाग्न सक्छ । यसबाहेक प्रिमियम होटेलमा ठूलो लगानी आवश्यक पर्छ ।यसमा मध्यमस्तरका बजेट होटेलको तुलनामा लामो अवधि हुन्छ । ग्राहकलाई आकर्षित गर्न, अकुपेन्सीस्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र परिकल्पना गरिएअनुसार होटेलबाट लाभ उठाउन लामो समय लाग्ने देखिन्छ । होटेल सन् २०२८ देखि व्यावसायिक सञ्चालनमा ल्याइने योजना छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend