काठमाडौँ। गत आर्थिक वर्ष नेपालगञ्ज नाकाबाट सात अर्व रुपियाँ बढिको खाद्यान्न निकासी भएको छ । भन्सार कार्यालयको तयाङ्क अनुसार गत आवमा आयात भएको चामल, खाद्यान्न मकै, गहुँ र धान अघिल्लो आव २०७९।८० भन्दा करिब ५० करोड रुपियाँले बढी मूल्यको हो।
गत आवमा चामल मात्रै चार अर्व १२ करोड २६ लाख ६९ हजार रुपियाँको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको भन्सार प्रमुख धु्रवराज विश्वकर्माको जानकारी दिनुभयो । यसबाट ४७ करोड २७ लाख २२ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०।८१ मा दुई अर्व चार करोड १८ लाख १५ हजार रुपियाँको खाद्यान्न मकै भारतबाट आयात भएको छ । आव २०७९।८० मा दुई अर्व ९ करोड ९९ लाख ९५ हजार रुपियाँको खाद्यान्न मकै आयात भएको थियो ।
अघिल्लो आव २०७९।८० मा चार अर्व ७३ करोड ६० लाख ११ हजार रुपियाँको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९।८० भन्दा आव २०८०।८१ मा चामल आयातमा मूल्यमा कमी आएपनि परिमाणमा वृद्धि भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजार रुपियाँको धान आयात भएको छ । आव २०७९।८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।




.gif)





