images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • २०८०/८१ मा कोशी टप्पु वन्यजन्तु...

२०८०/८१ मा कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

२०८०/८१ मा कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ। कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो ।

    सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९÷८० मा कार्यालयले रु ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।

    images
    images

    हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)क्षेत्रका पर्यटकले रु सात सय ५० अन्य देशका आगन्तुकले १५ सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

    आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गँैडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend