images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • निजीक्षेत्रलाई निर्धक्क भएर लगानी विस्तार गर्न...

निजीक्षेत्रलाई निर्धक्क भएर लगानी विस्तार गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवाको आग्रह

निजीक्षेत्रलाई निर्धक्क भएर लगानी विस्तार गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवाको आग्रह

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौंः परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले निजीक्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राखेकी छन्  ।

    images
    images

    निजीक्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले सरकारले निजीक्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरेकी छन् ।

    ‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो, ‘निजीक्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न भने सक्दैन । त्यसैले सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ । अब निजीक्षेत्रले पनि बिना हिच्किचाहट ढ्क्कसाथ लगानी बढाउनुपर्छ । निजीक्षेत्रले नै अर्थतन्त्रलाई ड्राइभ गर्ने हो,’ परराष्ट्रमन्त्री राणाले उल्लेख गरिन् । 

    images
    images

    उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताइन् ।

    यसैक्रममा मन्त्री राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भए पनि निरुत्साहित नहुन निजीक्षेत्रलाई आग्रह गरिन् ।सरकार र निजीक्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रूपमा प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्नेमा समेत मन्त्री राणाले उल्लेख गरिन्  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend