images

२०८३ आश्विन २० गते

images
images
images

दश पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान

दश पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • मकवानपुरगढी  । संघीय सरकारमार्फत् मकवानपुर जिल्लाको दश पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् ।गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । 

    images
    images

    मकवानपुरको दश वटा पालिकामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ । त्यस्तै मकवानपुरको कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, थाहा नगरपालिकाले १० करोड ७० लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ् गाउँपालिकाले १० करोड ६१ लाख, पाउने भएको छ । यता भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले १४ करोड ६ लाख रुपियाँ बजेट पाउने भएका छन् । 

    त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपियाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी अािर्थक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपियाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ । संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक लाग्ने मूल्य अभिवृद्धि कर र अन्यःशुल्कबाट उठेको रकम बाँडफाँड गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्दछ । त्यस्तै बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५÷१५ प्रतिशतका दरले बाँडफाँड गरिन्छ  ।

    images
    images

    सोहि आधारमा आगामी आर्थिक वर्षमा सरकारले अनुमानित राजस्वबाट शुत्रका आधारमा प्रदेश सरकार र सबै स्थानीय तहले पाउने रकम सार्वजनिक गरेको हो । त्यस्तै बागमती प्रदेश सरकारले ८ अर्व २८ करोड ५४ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने छ ।जसमध्ये न्यूनतम २ अर्ब ७१ करोड ६५ लाख, शुत्रमा आधारित ५ अर्ब २१ करोड ९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३५ करोड ८० लाख रुपियाँ छ  । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend