images

२०८३ आश्विन २१ गते

images
images
images

लामो समय एकै ठाउँ बसेर काम गर्नुहुन्छ ? थाहा पाउनुपर्छ यी ४ कुरा

लामो समय एकै ठाउँ बसेर काम गर्नुहुन्छ ? थाहा पाउनुपर्छ यी ४ कुरा

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । अहिले धेरैको दैनिकी अफिसमा लामो समय बसेर कम्पुटर, ल्यापटपमा काम गर्नुपर्ने खालको हुन्छ । दिनको ७–८ घण्टा वा त्यो भन्दा बढी समयसम्म पनि एउटै पोजिसनमा बसेर काम गर्नुपर्ने हुनसक्छ ।यो प्रकारको दैनिकीले धेरै स्वास्थ्य समस्याहरू निम्त्याइरहेको हुन्छ । यस खालको कामले शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । स्वास्थ्य बिग्रिन्छ भनेर कामै नगर्ने कुरा पनि हुँदैन । यस्तो अवस्थामा स्वस्थ रहन केही कुरामा विशेष ध्यान दिनु आवश्यक छ ।यस खालको काम गर्ने व्यक्तिले केही कुरामा विशेष ध्यान दिनुपर्छ, जसले स्वस्थ रहन मद्दत गर्छ

    images
    images

    १. प्रशस्त पानी पिउने

    निरन्तर एकै ठाउँमा बसेर काममा मात्रै केन्द्रित हुँदा हामी पानी पिउन पनि बिर्सिरहेका हुन्छौँ । यसो हुँदा शरीरमा पानीको मात्रा एकदमै कम भए डिहाइड्रेसनको समस्या देखिन सक्छ। शरीरमा पानीको मात्रा कम हुँदा आलश्यता बढ्ने, मिर्गौला रोगको जोखिम हुने र अन्य स्वास्थ्य समस्या देखिन सक्छ । यस कारण काम गर्ने टेबलअगाडि अनिवार्य रुपमा पानीको बोतल तथा गिसाल राख्ने गर्नुपर्छ । बेलाबेलामा पानी पिउँदै काम गर्नुपर्छ ।पानीका अलवा हर्बल चिया, ग्रीन टी, रसिला फलफूलहरू खाएर पनि शरीरका लागि पानीको मात्रा पूर्ति गर्न सकिन्छ ।

    images
    images

    २. स्क्रीनमा हेर्ने समय

    लामो समय स्क्रीनमा हेरिरहँदा आँखा पोल्ने, दुख्ने, आँखा सुख्खा भएर उल्यालो तथा घाममा लागेको बेला आँखा हेर्न गाह्रो हुने समस्या देखिन्छ । यति मात्रै नभएर एकोहोरो स्क्रिनमा हेरेर काम गरिरहँदा मानसिक तनाव पनि हुनसक्छ ।समय-समयमा स्क्रिनबाट आँखा हटाएर केही समय अलि टाढा-टाढा हेर्नुपर्छ । यदि कार्यकक्षको कोठामा झ्याल छ भने झ्यालबाट केहीबेर बाहिर हेर्दा आँखालाई सहज हुन्छ । नभए कोठाभित्रै रहेका अन्य दृश्यतिर केहीबेर हेरेर आँखालाई आराम दिनुपर्छ ।डेस्कटपको स्क्रिनलाई धेरै चम्किलो नबनाई ठिक्क बनाएर प्रयोग गर्नुपर्छ।सम्भव भएसम्म समय–समयमा विश्राम लिँदै काम गर्नुपर्छ ।

    ३. स्वस्थ खाजा

    हरेक दिन एकै ठाउँमा मात्रै बसेर काम गर्दा शारीरिक परिश्रम एकदमै कम हुन्छ । खानपानमा हामीले ध्यान दिएनौँ भने मोटोपनाको समस्या हुनसक्छ । यसबाट विभिन्न स्वास्थ्य समस्या देखिन्छ । कार्यालय समयमा खाजा खाँदा सकेसम्म प्रशोधित खानेकुरा खानु हुँदैन । ताजा र फाइबरयुक्त खाजा खानमा जोड दिनुपर्छ ।धेरै कार्बोहाइड्रेडयुक्त खानेकुरा भन्दा खाजामा बदाम, फलफूल, चना जस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ ।

    ४. बसाइको पोजिसन

    लामो समय कुर्सीमा बसेर काम गर्दा बसाइको पोजिसन ठिक हुनु एकदमै जरुरी छ । यसरी बसेर काम गर्दा ढाड तथा कम्मर दुख्ने समस्या हुनसक्छ । लामो समय एकैठाउँ बसिरहँदा पोजिसन मिलेन भने पिसाबथैलीमा दबाब पर्नसक्छ, जसले गर्दा विभिन्न समस्या देखा पर्नसक्छ ।काम गरिरहँदा ढाडलाई अडेसा लाग्न मिल्ने खालको कुर्सी चयन गर्नु उपयुक्त हुन्छ । बेलाबेलामा कुर्सीबाट उठेर, केही सेकेण्ड मात्रै भने पनि यताउता हिँड्नु उपयुक्त हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend