images

२०८३ आश्विन २१ गते

images
images
images

एक साताको परीक्षण गर्दा ४८ जनामा एचपिभी पोजेटिभ देखियो

एक साताको परीक्षण गर्दा ४८ जनामा एचपिभी पोजेटिभ देखियो

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौँ : एक साता परीक्षण गरिएका महिलामध्ये ४८ जनामा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) डिएनए पोजेटिभ देखिएको छ। काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको परीक्षण रिपोर्टमा यस्तो देखिएको हो। 

    images
    images

    परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाको नाम दर्ता भएको छ। उनीहरुमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ। परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ। वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि सम्पर्कमा आएका र यस वर्ष प्रारम्भिक परीक्षणका क्रममा थप परीक्षण गर्नुपर्ने महिलाहरुको मेमोग्राम गरिएको हो। 

    परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्या देखिएको छ। चैत १२ गते परीक्षण सुरु भएको थियो। प्रारम्भिक उपचार २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। गएको वर्ष गरिएको परीक्षणका क्रममा छुटेका ३० वर्षदेखि ६० वर्ष उमेर च गराउन सबैभन्दा पहिले नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ। विवरण टिपाएपछि केन्द्रले रेफरल स्लिप दिन्छ। सो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ। परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend