images

२०८३ आश्विन १९ गते

images
images
images

ताप्लेजुङका ४८ हिमाल आरोहणका लागि खुला

ताप्लेजुङका ४८ हिमाल आरोहणका लागि खुला

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • ताप्लेजुङ । गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ ।चिलीका एक विदेशी नागरिक हर्नान लील, पवर्तारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४ सय ३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक सफल आरोहण गरे ।

    images
    images

    ताप्लेजुङमा पाँच हजारदेखि ८ हजार ५ सय ८६ मिटरसम्मका ४८ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ ।कञ्चनजङ्घाका पाँच प्रमुख चुचुरा छन् । कञ्चनजङ्घा मुख्य ८ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) ८ हजार ५ सय ५ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४ सय ८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४ सय ९४ मिटर र काङबाचेन ७ हजार ९ सय ३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा २ र याङमा क्षेत्रमा रहेका ४ वटा चुचुरा आरोहणका लागि खुला गरिएको छ । ५ हजार ७ सय ४० मिटरको लुम्बासुम्बा पिक र ६ हजार ५ सय मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ ।

    यस्तै याङमा क्षेत्रमा ६ हजार ५ सय ४७ मिटर उचाइको नाङ्गामरी–१, ६ हजार २ सय ९ मिटर उचाइका नाङ्गामरी–२, ६ हजार ८ सय ३९ मिटरको उचाइका ओहोमी गाङ्का र ६ हजार २ सय ४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा ५ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४ सय ७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, ६ हजार १ सय ४८ मिटर उचाइको कोक्थाङ पिक, ६ हजार ६ सय ८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ ।

    images
    images

    त्यस्तै ७ हजार ४ सय १२ मिटर उचाइका काब्रु सेन्ट्रल र ७ हजार ३ सय १८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ ।फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल चुचुरा आरोहणका लागि खुला गरिएको छ ।जिल्लाको प्रमुख र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ ८ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो ।

    तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो ।कञ्चनजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

    ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो ।किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेको देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले ६ हजार ३ सय २८ मिटर उचाइमा रहेको शार्फु–५ पिकको पहिलोपटक सफल आरोहण गरेका थिए ।

    पवर्तारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend