images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मन्त्रिपरिषद्‌बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक...

मन्त्रिपरिषद्‌बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित

मन्त्रिपरिषद्‌बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौँ । मन्त्रिपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए । 

    images
    images

    उक्त विधेयकलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए । उनकाअनुसार सरकारले छिटै उक्त विधेयक संसद्मा प्रस्तुत गर्नेछ । विधेयक संसद्बाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । 

    विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे । विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिाई समेत समाधान गर्न सहज हुने बताए । उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा श्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend