काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाले राजधानीका विभिन्न सडक खण्डमा सवारी आवागमन प्रभावित हुनसक्ने भएको छ ।
ट्राफिक प्रहरीले यसका लागि विभिन्न स्थानमा सवारी डाइभर्सनको व्यवस्था मिलाइने जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार निम्न स्थानहरुमा डाइभर्सन गरिनेछः
मुख्य डाइभर्सन हुने स्थानहरू
|
खसिबजार |
मकालु |
कलंकी चोक |
बाफल |
|
बल्खु चोक |
कुलेश्वर |
कालीमाटी चोक |
टेकु |
|
किर्तिपुर |
सुन्दरीघाट |
सानेपा |
एकान्तकुना |
आवश्यकता अनुसार थप डाइभर्सन गरिन सक्ने सम्भावित स्थानहरूः
|
त्रिपुरेश्वर |
बालाजु |
हलचोक |
नैकाप |
|
बल्खु चोक |
चोभार |
फर्पिङ |
नख्खु दोबाटो |
|
कोटेश्वर |
|
|
|
पार्किङका लागि तोकिएका स्थानहरूः
|
टियू गेटदेखि चोभार सडक खण्ड
|
सानेपा करिडोर सडक -दुबै तर्फ_
|
चोभार सुख्खा बन्दरगाह
|
नयाँ बसपार्क
|
|
सितापाईला–बाफल सडकको एक लेन |
|||
यसका साथै, नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतिघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।
सवारी चालकहरूलाई उक्त प्रभावित स्थानहरूमा जाममा नपर्नका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।




.gif)





