images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन...

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • मकवानपुरः करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ।

    images
    images

    उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्ति सँगै पुनः सुरु भएको जनाइएको छ। चुनढुंगा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

    उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ। दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रिया मार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए। 

    images
    images

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो।

    तत्कालीन समयमा हेटौँडा उद्योगमा एक अर्ब ५० करोड रूपैयाँ लगानी गरिएको थियो। हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन्।

    उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend