images

२०८३ आश्विन १६ गते

images
images
images

म्यानमारका भूकम्प पीडितलाई नेपाली सेनाको उपचार

म्यानमारका भूकम्प पीडितलाई नेपाली सेनाको उपचार

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । नेपाली सेनाको चिकित्सकीय टोली म्यानमार भूकम्पका घाइतेहरूको उपचारमा खटिएको छ।नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन सहरमा मेडिकल क्याम्प स्थापना गरी प्रभावितहरूलाई स्वास्थ्य सहायता प्रदान गरिरहेको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका  जनाएको छ।

    images
    images

    बुधबार मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार गएको हो। म्यानमारमा गत साता गएको विनाशकारी भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि सरकारले मेडिकल  राहतसहितको नेपाली सेनाको टोली त्यसतर्फ पठाएको हो।गत शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तर-पश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो मानवीय क्षतिसहित भौतिक संरचनाहरू ध्वस्त भएका छन्।

    प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम,४ जना बन्दोबस्ती सहायता टिम र छजना क्रु मेम्बरसहित २२ सदस्यीय टोली नेपाली सेनाको (CN-235 CASA) विमानबाट म्यानमार गएको छ।विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन,अर्थोपेडिक,मेडिसिन चिकित्सक,नर्स तथा प्यारामेडिकहरू छन्। निर्देशनालयका अनुसार उक्त टोली करिब एक साता म्यानमारमा भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend