images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्षमा १३ अर्ब ९६ करोडले बढ्यो जीवन बीमा कम्पनीको ब्यापार

गत आर्थिक वर्षमा १३ अर्ब ९६ करोडले बढ्यो जीवन बीमा कम्पनीको ब्यापार

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • गत आर्थिक वर्ष २०८०/०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले अर्थात् १३ अर्ब ९६ करोड २४ रुपैयाँ बढेको छ ।  यो नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हो ।

    images
    images

    गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । 

    गत आवमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकनल गरेको छ । गत आवमा नेपाल लाइफले ४० अर्ब ५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायमा २६.१३ प्रतिशत योगदन हुन आउँछ । नेपाल लाइफले अघिल्लो आवको तुलनामा व्यापार ९.८९ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

    images
    images

     नेपाल लाइफपछि दोस्रो ठुलो हिस्सा भने नेशनल लाइफको १२.२ प्रतिशत छ । गत आवमा नेशनल लाइफले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल व्यवसायमा १०.६२ प्रतिशत हिस्सा छ। एलआइसी नेपालले व्यापार एक वर्षमा ३.६६ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

    व्यवसाय बढाउन प्रभु महालक्ष्मी र नेशनल लाइफ तगडा, एशियन र आइएमई पनि शीष सूचीमा

    व्यवसाय वृद्धि गर्न भने प्रभु महालक्ष्मी लाइफ अगाडि देखिएको छ। प्रभु महालक्ष्मीले अघिल्लो वर्ष ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत वर्ष आइपुग्दा भने १९.४८ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुगेको छ।

    यता, राष्ट्रिय जीवन बीमा कम्पनीले पनि ४.८७ प्रतिशत बढाएर ८ अर्ब ७१ करोड ४९ लाख, सिटिजनले ५.४२ प्रतिशत बढाएर ६ अर्ब २१ करोड ५३ लाख, सानिमा रिलायन्सले ९.१३ प्रतिशत बढाएर ६ अर्ब १८ करोड ८३ लाख, मेट लाइफले ९.९२ प्रतिशत बढाएर ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएका छन् । गत वर्ष सन नेपाल लाइफले भने ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

    व्यवसाय बढाउन नेशनल लाइफ पनि तगडा देखिएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १६।८७ प्रतिशत व्यापार बढाएको हो ।

    यस्तै, तेस्रो सूचीमा रहेको एशियन लाइफले पनि गत वर्ष ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.७४ प्रतिशत बढी हो । यता, आइएमई लाइफले पनि व्यापार १३.३० प्रतिशत बढाएर ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

    यस्तै, हिमालयन लाइफको पनि ११.५० प्रतिशत बढाएको छ। यता, रिलायवल नेपाल पनि व्यापार दोहोरो अंक (१०.८६ प्रतिशत) ले बढाएको छ । समिक्षा वर्षमा सूर्यज्योति लाइफले व्यापार ७.७९ प्रतिशत बढाएर ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ पुयाएको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend