images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बालेन पुगे दोलखाको भीमसेन,...

बालेन पुगे दोलखाको भीमसेन, आइतबारसम्म बिदामा

बालेन पुगे दोलखाको भीमसेन, आइतबारसम्म बिदामा

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह आइतबार (चैत २४) सम्म बिदा लिएको खुलेको छ । बालेन दोलखाको भीमसेन गएकाे उनको सचिवालय स्रोतले जनाएको छ ।"मेयरसाब आइतबारसम्म बिदामा हुनुहुन्छ, त्यसपछि कार्यालयमा आउनुहोला," सचिवालय स्रोतले भन्यो ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने विभागीय प्रमुखहरूसँग बैठकमा छन् । बिहीबार गुरागाईंले बालेनको असहमतिका बीच महानगर पुगेर हाजिर गरेका थिए ।

    images
    images

    बिहीबार नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी हुँदा बालेन काभ्रेको पाँचखालमा थिए । आज भने उनी दोलखा पुगेको खुलेको हो ।काठमाडौं टावरको प्रक्रिया नपुर्‍याएर नक्सा पास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं मेयर शाहको निलम्बनमा परेका थिए । निलम्बनमा परेको तीन महिना १४ दिनपछि बिहीबार (चैत २१ गते) महानगरमा हाजिर गर्न पुगेका थिए ।

    तर, उनलाई राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीले कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । नगरप्रहरीको बल प्रयोगका बाबजुद गुरागाईं महानगरका कर्मचारी र जनतप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend