images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • राजावादी आन्दोलनमा ५ करोड बराबरको क्षति...

राजावादी आन्दोलनमा ५ करोड बराबरको क्षति ४३ वटा बीमा मागदाबी,कुनको कति ?

राजावादी आन्दोलनमा ५ करोड बराबरको क्षति ४३ वटा बीमा मागदाबी,कुनको कति ?

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । राजावादीहरूको अराजक आन्दोलनमा क्षति भएको सम्पत्तिहरुमा नेपाल ४३ वटा मागदाबी परेको छ । हिजोसम्म ४ करोड ८७ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ ।उक्त आन्दोलनमा क्षति भएको सम्पत्तिहरुमा ४३ वटा मागदाबी परेको छ ।  मागदाबी मध्ये ३३ वटा मोटरबीमा अन्तर्गत रहेको छ भने यसबापत १ अर्ब २२ करोड रुपैयाँ बराबरको मागदाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।२ वटा दाबी बापत ४३ हजार ८२२ रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाए। 

    images
    images

    सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखको ३ करोड ११ लाख ६६ हजार रुपैयाँको मागदाबी प्राप्त भएकोमा हालसम्म कुनै भुक्तानी नभएको पनि जानकारी गराएको छ ।  इञ्जििनियरिङ बीमातर्फ ३ वटा बीमालेखमार्फत् ३७ लाख रुपैयाँ तथा विभिन्न बीमातर्फ २ वटा बीमालेख मार्फत् १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । विभिन्न बीमा अन्तर्गत ११३० रुपैयाँ भुक्तानी भएको रहेछ । 

    कुन कम्पनीको दाबी कति ?

    images
    images

    राष्ट्रिय बीमा कम्पनीको  सबैभन्दा धेरै भुक्तानीको दाबी परेको छ । उक्त कम्पनीमा २ वटा बीमालेखबापत १ करोड २७ लाख रुपैयाँ मागदाबी परेको छ । हिमालय जनरल इन्स्योरेन्समा एउटा बीमालेखबाट १६ लाख ९५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा ४ वटाबीमालेखमा १४ लाख ६० हजार रुपैयाँ,नेको इन्स्योरेन्समा चार वटा बीमालेखबापत ५२ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्समा एउटा बीमालेखबापत ४७ लाख ५० हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमालेखबापत १ करोड १७ लाख ५० हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा बीमालेखमा ६८ लाख ९१ हजार २१३ रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा बीमालेखबापत २० लाख ७५ हजार रुपैयाँको मागदाबी परेको रहेछ । 

    शिखर इन्स्योरेन्समा ५ वटा बीमालेखबापत १३ लाख २५ हजार १२ रुपैयाँ, नेपाल इन्स्योरेन्समा एउटा बीमालेखबापत ८ लाख ७१ हजार ७९५ रुपैयाँ र प्रभु इन्स्योरेन्समा १ बीमालेखबापत ५० हजार रुपैयाँ मागदाबी परेको जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend