झापा- कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताए । आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।
उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय आठ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । ‘जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,’ उनले भने, ‘किसानहरु बिक्रीमा समस्या आएको बताउँछन् । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।’
सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो ।
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २७ लाख २० हजारको आठ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताईन् । विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको उनको भनाइ छ । झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् ।
खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिकखेती भर्खर गरिएको थियो । ‘दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पुर्याएपछि कागतीखेती मास्नु पर्यो,’ उनले भने, ‘किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेनछ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।’
जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँच देखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसानको गुनासो छ ।




.gif)





