images

२०८३ आश्विन २४ गते

images
images
images

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौँ- नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो ।

    images
    images

    जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्ने सूचनामा उल्लेख छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र धितोमा राखी कर्जा लिन/दिन पाइने पनि बताएको छ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने बताइएको छ ।

    images
    images

    सरकारले लिएको यो ऋणको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्नेछ । सो ऋण यही साउन १७ गते लिनेछ भने २०९२ साल साउन १७ गते सावाँसहित भुक्तानी गर्नेछ ।

    सार्वजनिक ऋण व्यवस्थापनअनुसार सरकारले उठाउने ऋण दिन ईच्छुक आवेकले आज बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने छ । ऋण खरीद गर्न चाहनेले उक्त समयभित्र कार्यालयको डीओएमएस प्रणालीको यूआरएलबाट बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend