images

२०८३ आश्विन २१ गते

images
images
images

राति दही खानुका फाइदा र बेफाइदा जान्नुहोस्

राति दही खानुका फाइदा र बेफाइदा जान्नुहोस्

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • एजेन्सी । स्वास्थ्यका लागि दही लाभदायिक मानिन्छ । प्रोटिन, क्याल्सियम, फोलिक एसिड, आइरन, भिटामिन बी यसमा प्रचुर मात्रामा पाइन्छ । जुन शरीरका लागि पनि आवश्यक छ । यी तत्वले शरीरमा रोग प्रतिरोधातमक क्षमता बलियो बनाउनुका साथै संक्रमणजन्य रोगहरुबाट पनि बचाउँछ ।

    images
    images

    दही खानुका फाइदा

    यसले पेटसम्बन्धी समस्याबाट टाढा राख्नुका साथै पाचन प्रणाली सुधार्नसमेत मद्त गर्छ । दहीमा क्याल्सियम र प्रोटिन भरपूर मात्रामा हुने भएकाले यसको सेवन हड्डीको लागि पनि फाइदाजनक छ । यसले हड्डी बलियो बनाउँछ । दहीमा क्यालोरी कम हुने हुँदा यसले मेटाबोलिज्मलाई गतिमा ल्याउँछ भने तौल नियन्त्रणका लागि पनि यो प्रभावकारी छ ।

    images
    images

    बेफाइदा

    आयुर्वेदमा राति दही खानु हानिकारक हुन सक्ने उल्लेख गरिएको छ । प्रकाशनमा आएका केही रिपोर्टका अनुसार राति दहिको सेवनले पेटको समस्या निम्तिने गर्छ भने ग्यासको समस्या पनि बढ्छ । छाती दुख्ने समस्या भएका व्यक्तिहरूले राती दही खाएमा यसले समस्या अझ बढाउन सक्छ । रातको समयमा दही सेवन गर्दा शरीरमा कफ जम्ने समस्या बढ्छ । योसँगै रातीको समयमा दही खाँदा छालामा एलर्जीको समस्या हुन सक्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend