images

२०८३ आश्विन २४ गते

images
images
images

त्रिशूलीमा बेपत्ता यात्रु र बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

त्रिशूलीमा बेपत्ता यात्रु र बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  •  काठमाडौं- सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ ।

    images
    images

    गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ ।

    ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

    images
    images

    मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

    अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend