images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • काठमाडौँ र ललितपुरसहित विभिन्न स्थानमा...

काठमाडौँ र ललितपुरसहित विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ बराबरको क्षति

काठमाडौँ र ललितपुरसहित विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ बराबरको क्षति

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौँ । राजधानी काठमाडौँ र ललितपुरसहित देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    • काठमाडौं, टोखा नगरपालिका-९ म्याग्दीचोकस्थित रामकृष्ण बस्नेतको घरमा डेरा गरी बस्ने स्याङ्जा चापाकोट गाउँपालिका-६ घर भएकी ३७ वर्षीया तिल कुमारी जिटीले सोही कोठामा संचालन गर्दै आएको किराना पसलमा विद्युत् सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।    
    • कास्की, पोखरा महानगरपालिका-१६ छुसालस्थित ठुलासार जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने राजु विश्वकर्माको गोठघरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।   
    • भोजपुर, रामप्रसाद राई गाउँपालिका-५ भोर्लेनीस्थित सिंहेश्वरी समुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर  सोही ठाउँ बस्ने ४० वर्षीया निर्मला ढकालको घरमा आगलागी हुँदा करिब ३ लाख ३३ हजार ४ सय ४० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    • यसैगरी भोजपुर, टेम्केमैयुङ गाउँपालिका-८ गोगने बस्ने छविमाया बिकको घरमा बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  
    • कैलाली, लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगर बस्ने ७० वर्षीया कृणा जैसीको गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।   
    • ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलस्थित सुरेज श्रेष्ठको तामा र पित्तलको मुर्ति बनाउने टहरोमा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 
    • यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने मिलन श्रेष्ठको लक्ष्मी नारायण टेस्ट आयल कपडा गोदाममा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

    प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend