images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सुनिताको बालेनलाई चुनौती : कोठामा बसेर...

सुनिताको बालेनलाई चुनौती : कोठामा बसेर होइन, यहाँ आएर समस्याको समाधान खोजौं

सुनिताको बालेनलाई चुनौती : कोठामा बसेर होइन, यहाँ आएर समस्याको समाधान खोजौं

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तीन महिना १४ दिनपछि आज कार्यालय छिरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइ दिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । पत्र पठाएको एक महिनापछि आज गुरागाई महानगर प्रहरीको अवरोध हटाउँदै कार्यालय पुगेका हुन् ।

    images
    images

    उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन् । मेयर बालेन साहले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरे पनि नगर प्रहरीको अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका छन् । ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाई हुनु पनि राम्रो होइन ।’

    कार्यालय प्रवेश गरेपछि पनि गुरागाई कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन साहले कार्यकक्षमै चावी लगाइएको छ। गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु सबै बैठक बसेका छन् । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरेकी छन् । उनले भनिन्, ‘कसैको मनमुटाव होला जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ ।’उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन्। ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाई हुनु पनि राम्रो होइन ।’

    images
    images

    उनले प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौं कर्मचारी र लाखौं काठमाडौंबासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौं । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने बताएकी छन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनु पर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौं । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’ महानगरका प्रवक्ता नविन मानन्धरलगायत वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।

    नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिएका थिए । पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको बताए । मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन पाएका छैनन् । महानगरपालिकाको सेवा प्रभावित छ । जसले गर्दा महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend