images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नेपाली सेनाको टोली राहत लिएर आफ्नै...

नेपाली सेनाको टोली राहत लिएर आफ्नै जहाजमा उड्यो म्यानमार

नेपाली सेनाको टोली राहत लिएर आफ्नै जहाजमा उड्यो म्यानमार

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौँ।  म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित सेनाको टोली प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको हो । 

    images
    images

     १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय सैनिक टोली आफ्नै जहाजमा  म्यानमार गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।   

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend