images

२०८३ आश्विन १७ गते

images
images
images

कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै

कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ ।

    images
    images

    मङ्गलबारदेखि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ । मङ्गलबार उक्त रिट हेर्दा हेर्दैमा राखी आजका लागि तोकिएको हो ।

    घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

    images
    images

    यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वारा चुडाल र पाण्डेयको संयुक्त इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend