images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा देखिएका...

‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा देखिएका विकासको कुपोषणकै कारण निधन

‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा देखिएका विकासको कुपोषणकै कारण निधन

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौँ ।  फिल्म ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा देखिएका विकास केसी कुपोषणकै कारण बितेका छन्।फिल्ममा महेश त्रिपाठी र रेनु योगीको छोराको भूमिका निर्वाह गरेका जाजरकोटका १५ वर्षीय विकास वास्तविक जीवनमै कुपोषित थिए।त्यही कारण मंगलबार (चैत १९ गते) उनको मृत्यु भएको फिल्मका निर्माता अर्जुन घिमिरे पाडेले जानकारी दिए।

    images
    images

    बालकलाकार विकासको निधनले फिल्म टिम निकै दु:खी भएको छ।विकासलाई बचाउन फिल्म छायांकन र त्यसपछि पनि सक्दो प्रयास गरिएको थियो। उपचारका लागि उनलाई काठमाडौँसम्म ल्याइएको थियो। तर, जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै अस्पतालले फिर्ता गरेको थियो।

    आफूहरूले स्थानीय सरकार र परिवारसँग अनुमति लिएरै विकासलाई फिल्ममा खेलाएको निर्माण टिमको भनाइ छ।निर्माता घिमिरेले विकासलाई श्रद्धाञ्जली र उनको परिवारलाई साथ दिन आज जाजरकोट जाने बताए।उनीसहित निर्देशक कुमार कट्टेल तथा कलाकारहरू महेश त्रिपाठी र रेनु योगी पनि जाजरकोट जाँदै छन्।फिल्मका गीतकार वसन्त उदास भने मंगलबारै जाजरकोट गइसकेका छन्।

    images
    images

    विकासको निधन भएपछि फिल्म निर्माता तथा कलाकार घिमिरेले पोषणप्रति सरकारलाई ध्यानाकर्षण गराउन विज्ञप्तिसमेत निकालेका छन्। जसलाई कलाकारसहित निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।नेपालबाट कुपोषण हटाउन कला क्षेत्रबाट आफूहरूले कोसिस गर्ने अठोट निर्माण टिमले गरेको छ।

    ‘बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो। यसमा पनि पोषिलो खानेकुरा र सूक्ष्म पोषक तत्त्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो। यसप्रकारको खबर कहिल्यै कसैले लेख्न नपरोस्। कसैलाई सुनाउनु नपरोस्’, विज्ञप्तिमा लेखिएको छ।

    चर्चित टेलिशृंखला सक्किगोनी टिमले बनाएको फिल्ममा सीताराम कट्टेल धुर्मुस मुख्य भूमिकामा छन्।विकास २०६६ साउन १ गते जाजरकोटमा जन्मिएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend