images

२०८३ आश्विन २१ गते

images
images
images

कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका हुन् ।दुई वर्षअघि निर्माणसम्पन्न भएको १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन–८ का कृषक भरत चन्दले बताए । पाटन वडा नं ८, ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन् । यहाँ उत्पादन भएका तरकारी उपजले बजार नपाएका बेला भण्डारण गरी राख्न कोल्ड स्टोर निर्माण गरिएको भए पनि सञ्चालनमा चासो नदेखाउँदा समस्या भएको उनले जानकारी दिए ।

    images
    images

    अहिले यहाँका किसान तरकारी तथा बीउ भण्डारणका लागि डडेल्धुरा जाने गरेका छन् । “डडेल्धुरामा त्यहीँका किसानलाई प्राथमिकता हुन्छ, उत्पादन कम भएका बेलामात्रै हामी आलुको बीउ भण्डारण गर्न पाउँछौँ”, चन्दले भने, “गत वर्ष भण्डारणमा समस्या भएको थियो ।”घर नजिकै कोल्ड स्टोरका लागि भौतिक निर्माण गरिएको भए पनि सञ्चालनमा नआउँदा डडेल्धुरा तरकारी स्टोरका लागि लैजानुपर्ने समस्या भएको अर्का कृषक गगनसिंह विष्टले बताए । “आलु, बन्दा, रायो लगायतका तरकारीका लागि पकेट क्षेत्र हो, दुई वर्षअघि नै यसकै लागि भनेर कोल्ड स्टोर निर्माण गरिएको थियो”, विष्टले भने, “सञ्चालनमा नआउँदा समस्या भएको भइरहेको छ ।”

    प्रदेश सरकार, कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासनलाई कोल्ड स्टोर सञ्चालनका लागि पटक–पटक माग गर्दै आएको भए पनि सञ्चालन आउन नसकेको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताए । किसानलाई डडेल्धुरासम्म ढुवानी नै बढी पर्ने गरेको वडाध्यक्ष विष्टले बताए । सोमबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापाले उक्त कोल्ड स्टोर निरीक्षण गर्नुभएको थियो । मन्त्री थापासँग यहाँका किसानले कोल्ड स्टोर सञ्चालन ल्याउन पहल गरिदिन माग गरेका थिए ।“प्रदेशभरि नै कोल्ड स्टोर, तरकारी सङ्कलन केन्द्रका लागि थुप्रै संरचना निर्माण भए पनि प्रयोगमा आउन सकेका छैनन्”, उनले भने, “ती संरचना निर्माण गर्दा सम्भाव्यता तथा प्रभावकारिताको अध्ययन हुनु जरुरी छ ।” कोल्ड स्टोरका लागि प्रदेशबाट बजेट विनियोजन हुने तर निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र हुने गरेको छ । तरकारी सङ्कलन केन्द्र तथा कोल्ड स्टोर सञ्चालनका लागि स्पष्ट मोडालिटी नबन्दा समस्या भइरहेको मन्त्री थापाको भनाइ थियो । यहाँका किसानले कोल्ड स्टोर सञ्चालनसँगै तरकारी सङ्कलन केन्द्रको मागसमेत गरेका थिए ।

    images
    images

    कृषि ज्ञान केन्द्रको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानी गरी झण्डै रु ४५ लाखको लागतमा कोल्ड स्टोर निर्माण गरिएको थियो । कोल्ड स्टोर सञ्चालक ललितमोहन भट्ट अहिले सम्पर्कविहीन छन् । -रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend