images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • रोटरीको अगुवाइमा रुपन्देहीको तिलोत्तमा नि:शुल्क स्वास्थ्य...

रोटरीको अगुवाइमा रुपन्देहीको तिलोत्तमा नि:शुल्क स्वास्थ्य शिविर

रोटरीको अगुवाइमा रुपन्देहीको तिलोत्तमा नि:शुल्क स्वास्थ्य शिविर

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ जुडास्थित कोटहीमाई मिसुजु आधारभूत विद्यालयमा तीन दिनसम्म बहु विशेषज्ञ बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।गत १४ देखि १६ चैतसम्म चलेको उक्त शिविरमा एक हजार ३९५ जनाको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो। रोटरी क्लव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ आयोजक बनेको उक्त शिविरमा कान्तिपुर डेन्टल कलेज (केडीसी) टिचिङ हस्पिटल सहआयोजक थियो।

    images
    images

    शिविरमा अरु थुप्रै संस्थाहरु सहयोगीको रुपमा आवद्ध थिए। रोटरी क्लव अफ म्याथुज आरआई डिस्ट्रिक ७६८० युएसए, रोटरी क्लव अफ भैरहवा, देवदह मेडिकल कलेज, बीएम फाउण्डेशन, कान्तिपुर इन्टिच्युट अफ हेल्थ साइन्सेज पोखरा सहयोगी संस्थाको रुपमा जोडिएको आयोजक संस्था रोटरी क्लव अफ काठमाडौँ नर्थका पूर्व अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए। 

    उनले शिविरका लागि यी संस्थाहरुबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको टोली खटिएको जानकारी दिए। ‘शिविरका लागि सात विदेशी सहित ४२ जनाको टोली खटिएको थियो’,डा श्रेष्ठले भने ‘विद्यार्थीसंगै स्थानीय सर्व साधारणलाई स्वास्थ्य परीक्षण, उपचार साथै स्वास्थ्य सचेतना बढाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो’। 

    images
    images

    तीन दिने शिविरका लागि अमेरिकाबाट न्युरोलोजिष्ट, न्युरो सर्जन साथै दुई दन्त चिकित्सक  र तीन डेन्टल असिस्टेन्ट आएका थिए। यस्तै केडीसी काठमाडौंबाट तीन दन्त चिकित्सक, दुई  डेन्टल हाइजिनिष्ट, तीन जना फार्मासिस्ट र एक जना पब्लिक हेल्थ अफिसर सहित अरु तीन जना अप्राविधिकको टोली खटिएको थियो। कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पोखराबाट ६ जना डेन्टल हाइजिनिष्ट, कान्तिपुर डेन्टल सेन्टर भलवारीबाट एक जना डेन्टल डाक्टर र दुई असिस्टेन्ट, यस्तै देवदह मेडिकल कलेजबाट जनरल फिजिसिन, हाडजोर्नी, स्त्रीरोग विशेषज्ञ लगायतका  ४२ जनाको चिकित्सक टोली खटिएको थियो। 

    परीक्षणमा मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य, बालरोग, हाडजोर्नी तथा नसा, पेट, छाती, प्रसूति तथा स्त्री रोग, छाला तथा यौन रोग लगायतका परीक्षण भएको थियो।शिविरमा आएका सर्वसाधारणहरुले सबै खाले रोगको परीक्षण र आवश्यकताका आधारमा उपचार गराएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend