images

२०८३ आश्विन १६ गते

images
images
images

तीनकुने घटनाः थप २० जना पक्राउ

तीनकुने घटनाः थप २० जना पक्राउ

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ परेका छन्। चैत १५ मा भएको उक्त हिंसात्मक प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप २० जनालाई पक्राउ गरेको हो। 

    images
    images

    पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह छन्।  

    त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। 

    images
    images

    प्रहरीको अन्य युनिटले पनि थप केही व्यक्तिलाई पक्राउ गरेको र उनीहरूलाई पनि आज म्याद थपका लागि अदालत उपस्थित गराइने जनाएको छ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend