images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • म्यानमारको सैनिक सरकारले घोषणा गर्यो ७...

म्यानमारको सैनिक सरकारले घोषणा गर्यो ७ दिने राष्ट्रिय शोक

म्यानमारको सैनिक सरकारले घोषणा गर्यो ७ दिने राष्ट्रिय शोक

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • म्यानमारको सैनिक सरकारले एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ। मंगलबार स्थानीय समयअनुसार दिउँसो १२:५१ बजे गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पका परी अहिले सम्म २ हजार बढीको ज्यान गइसकेको छ।भूकम्पको प्रभाव टाढा थाइल्यान्ड र चीनसम्म परेको छ। आज भूकम्प गएको समय पारेर मृतकप्रति श्रदाञ्जली अर्पण गरिने छ। शक्तिशाली भुकम्प छिमेकी मुलुक थाइल्यान्डसहित पाँच मुलुकमा महसुस गरिएको थियो।

    images
    images

    थाइल्यान्डमा भूकम्पमा परी २० जनाले ज्यान गुमाएका छन्, भने बैंककका थुप्रै भवनमा क्षति पुगेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। दुवै देशमा उद्दारकर्मीहरू जीवितहरू खोज्न अहोरात्र खटिएका छन्, तर भूकम्पपछिको पहिलो ७२ घण्टा महत्त्वपूर्ण मानिने भएकाले अब जिवित भेटिने संभावनाहरु क्रमश कमजोर मानिएको छ।

    संयुक्त राष्ट्रसंघ (यूएन) का अनुसार म्यानमार चार वर्षदेखिको गृहयुद्धको संकटमा रहेका कारण खोजि र उद्दारका कार्यहरुमा ढिलाइ हुँदा थप धेरै मानिसहरुको हताहत भएको छ। यो भूकम्पले गृहयुद्धमा फसेको म्यानमारको अवस्था झन् बिग्रिएको राष्ट्रसंघले जनाएको छ।यति ठूलो विपत्तीकाबीच पनि म्यानमारका सैनिक नेताहरू लोकतन्त्र समर्थक विद्रोही समूहविरुद्ध हवाई हमला जारी राखेका कारण उनीहरुलाई पर्याप्त वैदेशीक सहयोग समेत प्राप्त नभएको जनाइएको छ।

    images
    images

    पहिलो पटक ठुलो विपतीमा अमेरिकाले कुनै सहया प्याकेजको घोषणा गरेको छैन् भने अन्य धेरै मुलुकले पनि पर्याप्त सहयोगको घोषणा गरेका छैनन्। जसले गर्दा उद्दार भएका घाइतेको उपचार तथा विस्थापितहरुको खानपानमै समस्या देखिएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend