images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सरकारले अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू...

सरकारले अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू म्यानमार पठाउने

सरकारले अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू म्यानमार पठाउने

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ ।मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो । गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । नेपाल सरकारको विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर जहाज म्यानमार जानेछ ।

    images
    images

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार हवाई जहाज ढुवानीको खर्च अर्थ मन्त्रालयबाट वायु सेवा निगमको नाममा निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारले नेपाली सेनाको चिकित्सक टोलीलाई पनि म्यानमार पठाउने निर्णय गरेको छ । सेनाको आफ्नै जहाजबाट अत्यावश्यक मेडिकल सामग्रीसहित सेनाको टोली म्यानमार जाने गुरुङले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend