काठमाडौं । पछिल्लो तीन दिनदेखि लगातार काठमाडौं विश्वकै प्रदूषित सूचीको पहिलो नम्बरमा परेको छ । स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था ‘आइक्यु एअर’का अनुसार मंगलबार काठमाडौंको वायु गुणस्तर २४८ एक्युआइ मापन भएको छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई भने अस्वस्थकर मानिन्छ।
एक्युआइ १५० देखि २०० हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाका उमेरका मानिसलाई असर गर्ने विज्ञ बताउँछन्। २०१ देखि ३०० एक्युआइले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ। अत्यधिक वायु प्रदूषणको प्रभावले मंगलबार पनि काठमाडौंको मौसम खुलेको छैन ।
तीव्र गतिको हावा र वर्षाको सम्भावना नरहँदा तत्काल प्रदूषण घट्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।




.gif)





