images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • सरकारले एआइटी लाई १ लाख अमेरिकी...

सरकारले एआइटी लाई १ लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने

सरकारले एआइटी लाई १ लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौंः नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

    images
    images

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन।

    प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका छन ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणका लागि मंगलबार दिउँसो प्रस्थान गर्दै छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend