काठमाडौँ । भूकम्पको पिडामा रहेको म्यानमार सरकारलाई नेपालले राहत सहयोग गर्ने भएको छ । यसका लागि परराष्ट्र मन्त्रालय समन्वय गरिरहेको हो ।
शुक्रबार ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्याएको छ । त्यहाँको सरकारलाई के, कति र कसरी सहयोग गर्न सकिन्छ त्यसको बारेमा परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज राहत सहयोगका बारेमा परराष्ट्र मन्त्रालयमा विभिन्न मन्त्रालय तथा सरोकारवाला पक्षसँग छलफल गर्ने बताइएको छ ।
भूकम्पबाट पीडित म्यानमारलाई भारत, चीन, थाइल्याण्ड लगायतका देश तथा विभिन्न संघ संगठनले सहयोग गरिसकेका छन् । म्यानमारमा गएको भूकम्पले थाइल्याण्डमा पनि असर पुर्याएको छ । भूकम्पबाट १७ सयभन्दा बढीको निधन भइसकेको छ भने साढे तीन हजार भन्दा बढी घाइते भएका छन् । त्यहाँ अझै सहयोग र उद्धारको कार्य जारी रहेको छ ।




.gif)





