images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नेपाल प्रहरीले तीनकुने घटनामा अनुसन्धान...

नेपाल प्रहरीले तीनकुने घटनामा अनुसन्धान गर्न माग्यो सूचना

नेपाल प्रहरीले तीनकुने घटनामा अनुसन्धान गर्न माग्यो सूचना

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । काठमाडौंको तीनकुने घटनामा अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ।आइतबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै तीनकुनेको हिंसात्मक घटनामा उपलब्ध सूचनाको माग गरेको हो।

    images
    images

    प्रहरीले फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो।यस्तै सूचना र सूचनाकर्ताको गोपनीयता कायम राखिने पनि प्रहरीले जनाएको छ। 

    ‘मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।487722875_977470127848844_26627610324813466_n-1743319824.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend