images

२०८३ आश्विन १७ गते

images
images
images

पियोर इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

पियोर इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले आफ्नो पहिलो चरणको आईपीओ गत शुक्रवार बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो।

    images
    images

    आयोजना प्रभावितका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४४ हजार कित्ता आईपीओ बिक्रीमा खुला गरिएको थियो। यो आईपीओ बिक्री २० फागुनदेखि ५ चैतसम्म सञ्चालन भएको थियो।

    कम्पनीका अनुसार, आईपीओमा २ हजार ४५२ जना स्थानीय बासिन्दाले रीतपूर्वक आवेदन दिएका थिए र यसैअनुसार १ लाख ६० हजार कित्ता बाँडफाँड गरिएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका १४ हजार ४०० नेपालीहरूलाई १ लाख ४४ हजार कित्ता बाँडफाँड गरिएको छ।

    images
    images

    बाँडफाँडमा नपरेकाहरूको रकम चैत १९ गते मंगलबारदेखि कनेक्ट आईपीएस मार्फत फिर्ता गरिने जनाइएको छ। पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend