images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आज बिहान ७ बजे सम्मका लागि...

आज बिहान ७ बजे सम्मका लागि कर्फ्यूको समय थप

आज बिहान ७ बजे सम्मका लागि कर्फ्यूको समय थप

images
images
शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहान सम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । शनिबार बिहान ७ बजे सम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाकारी गराएको छ । 

    images
    images

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहान सम्मका लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । 

    बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend