काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्ने गरी संसद् सचिवालयले सूचना टाँस गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन ।
विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन् । तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन् ।




.gif)





