images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • शिक्षा मन्त्रालयको परीक्षा प्रभावित हुने गतिविधि...

शिक्षा मन्त्रालयको परीक्षा प्रभावित हुने गतिविधि नगर्न आग्रह

शिक्षा मन्त्रालयको परीक्षा प्रभावित हुने गतिविधि नगर्न आग्रह

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) र अन्य परीक्षामा अवरोध हुने कुनै गतिविधि नगर्न अनुरोध गरेको छ।चैत ७ गतेदेखि सुरु एसईई १९ गतेसम्म चल्नेछ। यसबीचमा अन्य कक्षाको वार्षिक परीक्षा पनि भइरहेको छ।देश आन्दोलनरत विभिन्न समूहहरूलाई मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुन आग्रह गरेका छन्।

    images
    images

    आज काठमाडौँमा राजावादी र गणतन्त्रवादी समूहहरूले प्रदर्शन गरेका छन्। जसकारण यातायात प्रभावित बनेको छ।यसैबीच, काठमाडौँ महानगरपालिकाले एसईईका परीक्षार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्‍याउने भएको छ।विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ। यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ।

    बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराइएको छ। साथै, विद्यार्थीहरूले सवारी साधनको आपतकालीन आवश्यकता परेमा काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend