images

२०८३ आश्विन २१ गते

images
images
images

यस्ता छन् मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

यस्ता छन् मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काफल नचाख्ने सायद को होला ? आउनुस् आज काफलको बारेमा जानौं । यो फल एउटा लोकप्रिय पहाडी फल हो । यो गर्मी मौसममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ । यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।

    images
    images

    काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफलमा प्रोटिन १.३० प्रतीशत फाइवर ३.४० प्रतिशत, वसा ०.०२ प्रतिशत, जैविक पदार्थ ९८.१० प्रतिशत, कार्बोहाईड्रेट १६.१३ प्रतिशत, कैल्शियम १.० मि.ग्रा. प्रति १०० ग्राम, मैग्नीशियम ८.४ मिग्रा ० प्रति १०० ग्राम, पोटेशियम १.९८ मिग्रा ० प्रति १०० ग्राम पाइन्छ ।

    काफलको नियमित सेवन गर्दा धेरै प्रकारको फाइदा हामीले काफल बाट प्राप्त गर्न सक्छौं । आजको लेखमा काफलबाट के कस्ता रोगमा प्रयोग गरेर फाइदा उठाउन सकिन्छ भन्नेबारे पाठकलाई जानकारी पस्कन गइरहेका छौं फाइदा उठाउन सक्नु हुनेछ ।

    images
    images

    काफलको अन्य प्रयोग

    १. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । काफलको सानो टुक्रा दाँतमा राख्नाले दाँतको दुखाईमा समेत फाईदा गर्दछ ।

    २. तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।

    ३. कैसर, कालो तिल र पुरानो गुड (शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

    ४. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ ।

    ५. काफलको बोक्राको धुलोमा नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend