images

२०८३ आश्विन १६ गते

images
images
images

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ ।  बुधवार बैठक सुरु हुने बित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । 

    images
    images

    त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ति जनाए कारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए ।

      उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सहज रूपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।  तर सांसदहरूले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend