images

२०८३ आश्विन २१ गते

images
images
images

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । 

    images
    images

    रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए ।

    गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये ६ सय नौ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend