images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • चैत २१ देखि विन नेपाल लघुवित्तको...

चैत २१ देखि विन नेपाल लघुवित्तको एफपीओ खुल्ने

चैत २१ देखि विन नेपाल लघुवित्तको एफपीओ खुल्ने

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ ।कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

    images
    images

    चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन २०७३ अनुसार यस क्षेत्रका कम्पनीले न्यूनतम ३० प्रतिशत तथा अधिकतम ४९ प्रतिशतसम्म सेयर सर्वसाधरणलाई जारी गर्नुपर्ने व्यवस्था छ ।

    images
    images

    चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा छ भने वार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा छ । बजारमा हाल मूल्य प्रतिकित्ता २ हजार ९०२ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend