images

२०८३ आश्विन १८ गते

images
images
images

ऊर्जामन्त्रीको पुतला दहनमा प्रहरीले गर्‍यो हस्तक्षेप

ऊर्जामन्त्रीको पुतला दहनमा प्रहरीले गर्‍यो हस्तक्षेप

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो ।

    images
    images

    मंगलबार (चैत १२) काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनको पुतला जलाइएको थियो । विद्यार्थीले सरकारको विरोधमा नाराबाजी समेत गरे ।

    त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएको हो । विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend