images

२०८३ आश्विन १८ गते

images
images
images

कुलमान बर्खास्तको चौतर्फी विरोध

कुलमान बर्खास्तको चौतर्फी विरोध

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । चैत ११ गते साँझ सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो। जबकि, कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा गुज्रँदै थियो अर्थात् चार महिनापछि।तर, सरकारले चार महिनाअगावै बर्खास्त गरेर हितेन्द्रदेव शाक्य नियुक्त गर्‍यो। सरकारले पदबाट हटाउँदा कुलमान भने मकवानपुरको चेपाङ बस्तीमा बत्ती नै जोड्दै थिए।

    images
    images

    जे होस्, कुलमान हटाउने सरकारको कदमको अहिले चौतर्फी विरोध भएको छ। सरकारमै रहेको नेपाली कांग्रेसले समेत यसको विरोध गरेको छ।महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालालगायतका नेताहरूले कुलमान हटाउनु गलत रहेको औँल्याएका छन्।

    'हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर, निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो तर, विडम्बना त्यो भएन। निर्णय गलत छ, सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,' थापाले भनेका छन्।यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि तीव्रत्तर विरोध गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले नै सरकारले गलत गरेको बताएका छन्।

    images
    images

    'प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो, उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ। आशा गरौँ, यो खबर असत्य साबित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ,' दाहालले भनेका छन्।यस्तै उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता सुदन किरातीलगायतका नेताहरूले पनि यसको आलोचना गरेका छन्।

    यता विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरूले पनि सरकारको यो कदमको विरोध गरेका छन्।पछिल्लो समय नबोलेर बसेका रास्वपा सभापति रवि लामिछानेले नबोलेरै साङ्केतिक विरोध गरेका छन्। उनले बत्ती निभाएर मैनबत्ती बालेर विरोध गरेका छन्। तोसिमा कार्की, गणेश पराजुली, सोबिता गौतमलगायतका नेताहरूले विरोध गरेका छन्।

    'अपराध र भ्रष्टाचारले कालो पोतिएका अनुहारहरू उज्यालोमा देखाउन लाज भएको सरकारलाई लोडसेडिङ हटाउनेलाई नै हटाइदिएपछि अब के को लाज,' गणेश पराजुलीले भनेका छन्।यस्तै कलाकारको तहमा पनि विरोध भएको छ। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कुलमान घिसिङ नेपाली कुलकै उज्यालो भएको टिप्पणी गरेका छन्। सरकारले अन्धकार बनाउन नहुने कुरा उल्लेख गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend