images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • नेपालमा पछिल्लो प्रतिवेदनमा ६८ हजार नयाँ...

नेपालमा पछिल्लो प्रतिवेदनमा ६८ हजार नयाँ क्षयरोगी

नेपालमा पछिल्लो प्रतिवेदनमा ६८ हजार नयाँ क्षयरोगी

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौँ । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्याङ्क विश्व स्वास्थ्य सङगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्याङ्कलाई आधार मानेर देखाउँछ । तथ्याङ्क अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्याङ्क हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।

    images
    images

    किन उपचारको दायरामा उनीहरु आएनन त ? केन्द्रका निर्देशक डा श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।“पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरू लुकेरै बसेका छन्, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ,” निर्देशक तिवारीले आइतबार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भने ।

    उनकाअनुसार लुकेर बसेकाहरूलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ । त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ । डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । यस्तै, ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन् । उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।

    images
    images

    औषधि सेवन गरिरहेकामध्ये पनि ०–१४ वर्ष उमेरका ८.६ प्रतिशत छन् । यस्तै १५ देखि ६४ वर्ष उमेर समुहका ६८ प्रतिशत ब्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन् ।केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ । जसको मृत्युदर प्रति एक लाखमा ५४ हो ।

    नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ । क्षयरोग अन्त्यका लागि बजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउछन् ।“सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ ।” डा. तिवारीले पत्रकार सम्मेलनमा भने ।क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्यप्राप्तीमा समस्या हुने गरेको डा. तिवारी बताउँछन् ।

    रोग लाग्नेको संख्या बढ्दो देखिए पनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ । औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिए । डा साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन् । यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनीकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन् ।

    कार्यक्रममा अस्पतालका डा. नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।“उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरू थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरू अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,” डा. साहले भने ।

    क्षयरोग लागेपछि पूर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनी बताउँछन् । यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ ।नेपालभरी क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्थाहरू र निदानका सेवाह ८ सय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यस्तै, नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रूपमा खकार परीक्षण हुन्छ । क्षयरोगको उपचार र औषधि निःशुल्क रूपमा प्रदान गर्ने गरिएको छ ।

    विश्व क्षयरोग दिवस–२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो । विश्वभर २४ मार्चलाई क्षयरोग दिवसका रूपमा मनाइने गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend