काठमाडौं। गायक कमल खत्री र गायिका मेलीना मैनालीलाई पुत्र लाभ भएको छ । यो खुसीको खबर गायक खत्रिले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् ।
शुक्रवार अर्थात चैत ८ गते मेलीना आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि अस्पताल भर्ना भएकी थिइन् । सन्तान जन्माउनका लागि उनी आफ्नी आमासँग अस्पताल पुगेकी हुन् । तर मेलीनाले आज आइतबार छोरालाई जन्म दिएकी हुन् ।
केही समय अगाडि मेलीनाले प्रेग्नेन्सी फोटोशुट गरेको कुरा चर्चामा रहेको थियो । कमल र मेलीना २०७९ असोज १६ गते वैवाहिक गठबन्धनमा बाँधिएका थिए ।




.gif)






