काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को आठ महिनामा नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब बढी रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ७५ करोड, आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले २ अर्ब ३७ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड, र नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड, र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ, र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।




.gif)





