images

२०८३ आश्विन २१ गते

images
images
images

सर्लाहीका १९ अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

सर्लाहीका १९ अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको १९ अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्।लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेकोमा मापदण्ड र अनुमतिपत्र विना सञ्चालित १९ अस्पताल  तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।

    images
    images

    राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य रहेको भन्दै मुख्यमन्त्री सिंहले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भएको लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए।सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौँ। मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो। त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौँ।’

    अनुगमनका क्रममा जम्मा दुई वटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको पाइयो भने थप दुई वटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो। यी स्वास्थ्य संस्थाहरूलाई अबिलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ।मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images

    ‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ। हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहने छैनौँ। अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ,’ सिंहले भने।मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ। यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सर्तकता अपनाइने मुख्यमन्त्री सिंहले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend