images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी...

एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी छाडेर १६ प्रहरी सम्पर्कविहीन

एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी छाडेर १६ प्रहरी सम्पर्कविहीन

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

    images
    images

    प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार एक सूचना जारी गर्दै दुईजना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा लामो समयदेखि गैरहाजिर रहेको जनाएको छ ।

    उनीहरूको खोजतलास गर्दापनि सम्पर्कमा नआएकाले ७ दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिँदै सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend