images

२०८३ आश्विन २१ गते

images
images
images

लामो समयपछि बैतडीमा प्रसूति सेवा सञ्चालनमा

लामो समयपछि बैतडीमा प्रसूति सेवा सञ्चालनमा

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं ।  जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।

    images
    images

    जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको हो । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् ।

    images
    images

    जिल्ला अस्पतालमा अहिले दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृतसहित नौ चिकित्सक कार्यरत छन् । पछिल्लो समय अस्पतालले सेवा विस्तारमा जोड दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend